Posts

भागम भाग

Image
यहाँ बेतोडको भागम भाग छ मान्छे बाच्न बिर्सिएर अरु सब गर्दै छ, यहाँ  बढो अजिब गरिबि  छ सम्पति यिनिहरुसंग पैसा बाहेक शायदै अरु केही छ।। आर्यघाट यहिँ छ,  शव वाहन हरु दिनहु हुइकिरहेछन। शव पोलेको धुवा,  पैसाकै लागि हुइकिएको गाडिको धुवा, ककटेल बनेर आकाशमा फैलिरहेको छ।। वायुमण्डलसंगै हर क्षण मृत्यु नाचिरहेको छ। हातको घडी, "आज","भोलि" भन्दै कटेका दिन  मृत्यु संगको दुरि घटाउदै छन। उस्को भागिरहेको जिन्दगी यी सब संग अनभिज्ञ छ? या माण्ठ हरक्षण  मरेतुल्य जीवन बाचेको छ? शेष जीवन निमेषभरको छोटो पो हो कि, दौडिदा दौडिदै, भागम भागको अंश बन्दा सम्झनलायक केही बटुल्न भ्याइएन भने ?? 

नाम नै नभएको नगर

Image
सुन्नुस् न, एउटा यस्तो नगर  जस्का परिचय सबै लघुतावाची, साघुरा गल्ली, थोरै घाम, थोरै मात्र उज्याला कोठा,  जहाँ घाम र जुन दुवै केही पलका पाहुना मात्र, पानी जहिले हाहाकार, गुचुप्पका भट्टी, साना मानव झुण्ड, अक्कल झुक्कल खोला जसरी बग्ने धोवी खोला, अस्पताल, विद्यालय, मधुशाला, व्यायामशाला, सबै साना गल्लिका समदुरिमा,    यस्तो नगर यहाँ सबै लघु, नाम नै सुन्नुस् न, सानो जसरी क्या! नाम नै नभएको नगर, के नगर ? - "अनामनगर"  

मोक्ष!

Image
तिम्रो मोक्षको परिभाषा कुपोषित छ , साघुरो छ, सरिरहने साध जस्तो अस्थिर छ , अनेकन भोकमरीहरुले ग्रसित छ , सिमित सोचले संकुचित गिदि जस्तो तिम्रो मोक्ष , प्राप्तिले लोभ्याएको लक्ष्य हो, तामसिक मगजको सात्विक सोच जस्तै ,  तिम्रो मोक्ष जुनको उज्यालोमा टर्च बाल्ने रहर हो।   मेरो मोक्ष तामसिक छ , मेरो हाल जस्तै मेरो मोक्ष, म क्षय भएपश्चातको लक्ष्य

प्रश्न

Image
यी प्रश्न सहज तिमिलाइ, सोधेर पो मै हेरुँ कि? असहज उत्तर त्यो मनको सहर्ष स्विकार गरुँ कि? राग बिहिन संगित मै डुब्न् विवस छ् जीवन यहाँ,  भाकाहरुमा सुरको समिकरण मै पो भरु कि ?  यहाँँ मुटुहरु अचेल चट्टान बनेरै शोभित छन , ति पाषण हृदयमा, कुसुम वोट एक मै पो सारु कि ? आफ्नै मारेर एक्लै जित्ने यो दानवपुञ्जमा , बुद्धु नै सही, स्वयं मानव बनेर मै पो हेरुँ कि ?

विक्षिप्तता !!

Image
यो विक्षिप्ततामा कहाँ  खोजु म शिर्जनसिलता? रोजु कि  खोजु म यहाँ , सहजशिलता या सहनशीलता ? सहज सहन असहज , म साच्चै  मुहान जटिलताको। रोज्दा एक भोग्छु अनेक, समयको कस्तो विद्रुप उपहार यो? स्वयं एक्लो तर म साथी सबैको, जस्तै चन्द्रमा गगनको। उत्तर के निस्कर्ष कस्तो? दुई मनको क्षणभंगुर गन्थनको खै मन भित्रको भगवान त्यो, कहाँ छ श्रोत आत्मिक आनन्दको उत्तर  भेटु कहाँ? ,  स्वयं मुहान म अनेकन प्रश्नहरुको।

वेप्रवाह वर्षाद !!

Image
वर्षाद बर्सियो झोपडपट्टीहरुमा, महलमा, वनमा अनी ति शहरहरुमा, जस्तै बलेथ्यो क्रान्तिको ज्वाला दुरदराजका गाउँ-वस्तिहरुमा!! बोकेर आशाका लालिहरु दुर क्षितिजका  उषाहरुमा !! वर्षाद, बग्यो आफै बगायो कैयौँ वासहरु वेप्रवाह , योद्धा  का  युग  परिवर्तनका आश जस्तै धाराप्रवाह !! पहाडको कुनो बाट उर्लियो खहरे अनी मिसियो नदी मा, एक लडाकु  जसरी  मिसिन्छ मोर्चामा, युद्धहरुमा, छाती मा टेकेर टाउको मा हान्ने कमान्डर  कम्रेडको युद्ध निती जस्तै! नदी  बग्यो  भु-क्षय  गराउदै छापामार  हिड्यो  बैरीका किल्ला  ध्वस्त  बनाउदै   !! नदी लाग्यो सागरमा समेटिन, योद्धा  जाग्यो  परिवर्तन  को  सपना  पुरा  गर्न सहयोद्धा कम्रेड को रगत को  मुल्य चुकाउन  !! नदी ले त  समुन्द्र को गन्तब्य तय गर्‍यो, के  योद्धा ले युग परिवर्तनको सपना पुरा गर्‍यो? बिज्ञान भन्छ समुन्द्र बादल बनेर बर्सिन्छ, के  विज्ञान  यहाँ  नि  सत्य  छ ?? के  साच्चै  क्रान्ति  फर्किन्छ  ??  बर्षा जस्तै, के  भुलेको जमिन पुन: सिंचिन्छ ?? वर्ष वर्षमा  वर्षाद  वेप्रवाह  वर्षिरहदा , वैरी बिरूद्ध बम बर्षाउनेहरु , बसिरहेछन बादल बनी वर्सिन!!

लाल फुल

Image
फुलेको छ त्यो फुल अझै नि जस्ले परिवर्तन प्रादुर्भाव गर्यो नया बिहानी ल्यायो, नयाँ उर्जा थप्यो, धेरै माली लोभ्यायो, सुगन्ध फैलायो, अनि तिम्रो मन रमायो, फुल हुर्काउदै गर्दा, कुटो/कोदालो चलाउदै गर्दा फुलको सुगन्ध वचाउदै गर्दा, भमराहरु बाट जोगाउदै गर्दा, विचरा माली हरु घर बाट टाढिदै गर्दा, रगतपसिना बगाउदै गर्दा, आफ्ना हरु गुमाउँदै गर्दा घाइते भए, सहिद भए, र आखिरिमा त्यो लाल फुल फुलाए परिवर्तनको लहर ल्याए साथि सोही फुलको वास्नाले, धेरैको मन रमाउदै छ, बगैचा समृद्धि तर्फ उन्मुख हुदै छ र त केही सिमित 'तिमी' हरुको होस उडाउदै छ, 'तिमी'हरुको गरिखाने मेसो हराउदै छ, स्वार्थी ढोंगी हरुको निद्रा हराउदै छ।। अरे दुष्टहरु हो! आफ्नो होस, गरिखाने मेसो र निद्रा जोगाउन, किन त्यहीँ वास्नाको साथ लिएर फुल माथी जाइलाग्दै छौ?? किन सुगन्ध रोक्न खोजेर आफ्नै जिउको दुर्गन्ध फैलाउदै छौ?? अझ तिमी त यसलाई जवर्जस्ती , राष्ट्रवादको नारा बनाउदै छौ, यदि तिम्रो राष्ट्रवाद यहि हो भने, फुलको वास्ना निस्तेज पार्नु हो भने, स्वार्थहिन मालिहरुको श्रम तुहाउनु हो भने, ती म

प्रेरणा आमाको

Image
जिन्दगीका उदाशिन रातहरुमा, रङ्गहिन जिवनका तस्वीरहरुमा , रंगिन सपनाहरुको कल्पनामा, जब तिम्रो सम्झ्ना आउँछ हे आमा, ओसिएका नयनहरु, थाकेका हातहरु, ओइलाएका सिर्जनाहरु, यसरी जाग्छन नि आमा मानौ म, चर्चित कलाकार हु र यो क्यान्भास, जहाँ म जिन्दगीका रंगिन चित्रहरु, खुशीका पलहरु , कल्पनाका सिर्जनाहरु क्षण भरमा उतार्न सक्छु, क्यानभास रङ्याउन सक्छु, अनि हटाउन सक्छु अनन्तताका अन्योलहरु, निम्तिएका दुखहरु, थपिएका बाधाहरु, सिर्जिएका दुविधाहरु, हतारले निम्त्याएको डर छ आमा, सपना छिट्टै पुरागर्ने रहर छ आमा, र त बेला बखतमा गल्ती गर्छु, समस्या अनगिन्ती थुपार्छु, अनि तिम्रा उपदेश मनन गर्छु, आफैलाइ तयार बनाउछु, उचित उपाय निकाल्छु अनि अटुट श्रम गर्छु, र छिट्टै तिम्रो सपनाको महल ठडाउनेछु, कल्पनालाई विपना बनाउनेछु, सुखको साध/सिमाना बढाउनेछु तिम्रै सपनाको तारा बनी उदाउनेछु

जिन्दगी

चौतारी हरुमा थकान मारेर हिमाली चिसो स्वास फेरेर लेक लागेर, ठेस लागेर, जब पुगिन्छ जिन्दगीको वेसक्यामपमा, तब वाचिन्छ । चैत वैशाखको असिना खेपेर जब मानिस रुपि बोटको सुन्तलाले  मिठास ल्याउछ तब वाचिन्छ जिन्दगी वाचिन्छ। हलो जोतेर बाझो फोरेर, आलु ,फापर रोपेर, जब जिन्दगी रुपि सुर्क्यानमा फल्छ फापर, तब हराभरा संसार लाग्छ अनि हो जिन्दगी वाचिन्छ। जब, साना गल्तिको बहाना छाडेर, लोकहितको भावना राखेर, तब अगि बडिन्छ अडिग बनेर अनि वाचिन्छ जिन्दगी वाचिन्छ हरेस नखाएर, भल तर्काएर , पहिरो पन्छाएर, काडा हटाएर, जीवनरुपि गन्तव्यको बाटो पहिल्याइन्छ, तब आफ्नै पैतालाको विश्वास हुन्छ , टाकुराको उचाइ आफै होचिन्छ आत्मविश्वास दह्रो हुन्छ , समस्या आफै सुल्झिन्छ। अनि जिन्दगी वाचिन्छ, आफ्नै जिन्दगी वाचिन्छ।। --शिव गैरे    राजधानी पौष २२ ,२०७३

Bungee:"I am going to Conquer the fear of death."

Image
Bungee: "I conquered the fear of Death " Sitting there 3 feet from the platform from where I was  about to jump 160 meters to meet my death or to complete my elation. I stared around looking at all the unfamiliar tools and weird equipments, harnesses, cables, wires, and bungee.  I noticed that the bungee is a few inch diameter of white rope.  My life is in that bungee rope I thought, The only thing to bring me back alive. Meanwhile the three man crew was talking back and forth to each other.  One at my seat instructing and guiding me how to detach the ankle harness after the third rebound, the other managing the bungee and another the bungee master,I'm not quite sure what he was doing.  I decided to trust them.  I  had no choice . Photographer came and took a short interview , I said "I am going to conquer the fear of death" I smiled and looked over my friends and photographer. I tried to look brave, though with fear and excitement inside of myself.