भागम भाग

यहाँ बेतोडको भागम भाग छ

मान्छे बाच्न बिर्सिएर अरु सब गर्दै छ,

यहाँ  बढो अजिब गरिबि  छ

सम्पति यिनिहरुसंग पैसा बाहेक शायदै अरु केही छ।।

आर्यघाट यहिँ छ, 

शव वाहन हरु दिनहु हुइकिरहेछन।

शव पोलेको धुवा, 

पैसाकै लागि हुइकिएको गाडिको धुवा,

ककटेल बनेर आकाशमा फैलिरहेको छ।।

वायुमण्डलसंगै हर क्षण मृत्यु नाचिरहेको छ।

हातको घडी, "आज","भोलि" भन्दै कटेका दिन 

मृत्यु संगको दुरि घटाउदै छन।

उस्को भागिरहेको जिन्दगी यी सब संग अनभिज्ञ छ?

या

माण्ठ हरक्षण  मरेतुल्य
जीवन बाचेको छ?

शेष जीवन निमेषभरको छोटो पो हो कि,

दौडिदा दौडिदै, भागम भागको अंश बन्दा

सम्झनलायक केही बटुल्न भ्याइएन भने ?? 

Comments