प्रश्न



यी प्रश्न सहज तिमिलाइ, सोधेर पो मै हेरुँ कि?
असहज उत्तर त्यो मनको सहर्ष स्विकार गरुँ कि?

राग बिहिन संगित मै डुब्न् विवस छ् जीवन यहाँ,
 भाकाहरुमा सुरको समिकरण मै पो भरु कि ?

 यहाँँ मुटुहरु अचेल चट्टान बनेरै शोभित छन ,
ति पाषण हृदयमा, कुसुम वोट एक मै पो सारु कि ?

आफ्नै मारेर एक्लै जित्ने यो दानवपुञ्जमा ,
बुद्धु नै सही, स्वयं मानव बनेर मै पो हेरुँ कि ?

Comments

Post a Comment

Popular posts from this blog

Bungee:"I am going to Conquer the fear of death."

विक्षिप्तता !!