मोक्ष!



तिम्रो मोक्षको परिभाषा कुपोषित छ ,
साघुरो छ,
सरिरहने साध जस्तो अस्थिर छ ,
अनेकन भोकमरीहरुले ग्रसित छ ,
सिमित सोचले संकुचित गिदि जस्तो

तिम्रो मोक्ष ,
प्राप्तिले लोभ्याएको लक्ष्य हो,
तामसिक मगजको सात्विक सोच जस्तै ,
 तिम्रो मोक्ष जुनको उज्यालोमा टर्च बाल्ने रहर हो।
 
मेरो मोक्ष तामसिक छ , मेरो हाल जस्तै
मेरो मोक्ष, म क्षय भएपश्चातको लक्ष्य



Comments

  1. मेराे मोक्ष मै सँग मिश्रित छ ।
    Nice one ,💓

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भागम भाग

नाम नै नभएको नगर