प्रेरणा आमाको



जिन्दगीका उदाशिन रातहरुमा,
रङ्गहिन जिवनका तस्वीरहरुमा ,
रंगिन सपनाहरुको कल्पनामा,
जब तिम्रो सम्झ्ना आउँछ हे आमा,
ओसिएका नयनहरु,
थाकेका हातहरु,
ओइलाएका सिर्जनाहरु,
यसरी जाग्छन नि आमा
मानौ म,
चर्चित कलाकार हु
र यो क्यान्भास,
जहाँ म जिन्दगीका रंगिन चित्रहरु,
खुशीका पलहरु ,
कल्पनाका सिर्जनाहरु
क्षण भरमा उतार्न सक्छु,
क्यानभास रङ्याउन सक्छु,
अनि हटाउन सक्छु
अनन्तताका अन्योलहरु,
निम्तिएका दुखहरु,
थपिएका बाधाहरु,
सिर्जिएका दुविधाहरु,
हतारले निम्त्याएको डर छ आमा,
सपना छिट्टै पुरागर्ने रहर छ आमा,
र त
बेला बखतमा गल्ती गर्छु,
समस्या अनगिन्ती थुपार्छु,
अनि
तिम्रा उपदेश मनन गर्छु,
आफैलाइ तयार बनाउछु,
उचित उपाय निकाल्छु
अनि अटुट श्रम गर्छु,
र छिट्टै
तिम्रो सपनाको महल ठडाउनेछु,
कल्पनालाई विपना बनाउनेछु,
सुखको साध/सिमाना बढाउनेछु
तिम्रै सपनाको तारा बनी उदाउनेछु

Comments

Post a Comment

Popular posts from this blog

मोक्ष!

भागम भाग

नाम नै नभएको नगर