Posts

Showing posts from February, 2017

लाल फुल

Image
फुलेको छ त्यो फुल अझै नि जस्ले परिवर्तन प्रादुर्भाव गर्यो नया बिहानी ल्यायो, नयाँ उर्जा थप्यो, धेरै माली लोभ्यायो, सुगन्ध फैलायो, अनि तिम्रो मन रमायो, फुल हुर्काउदै गर्दा, कुटो/कोदालो चलाउदै गर्दा फुलको सुगन्ध वचाउदै गर्दा, भमराहरु बाट जोगाउदै गर्दा, विचरा माली हरु घर बाट टाढिदै गर्दा, रगतपसिना बगाउदै गर्दा, आफ्ना हरु गुमाउँदै गर्दा घाइते भए, सहिद भए, र आखिरिमा त्यो लाल फुल फुलाए परिवर्तनको लहर ल्याए साथि सोही फुलको वास्नाले, धेरैको मन रमाउदै छ, बगैचा समृद्धि तर्फ उन्मुख हुदै छ र त केही सिमित 'तिमी' हरुको होस उडाउदै छ, 'तिमी'हरुको गरिखाने मेसो हराउदै छ, स्वार्थी ढोंगी हरुको निद्रा हराउदै छ।। अरे दुष्टहरु हो! आफ्नो होस, गरिखाने मेसो र निद्रा जोगाउन, किन त्यहीँ वास्नाको साथ लिएर फुल माथी जाइलाग्दै छौ?? किन सुगन्ध रोक्न खोजेर आफ्नै जिउको दुर्गन्ध फैलाउदै छौ?? अझ तिमी त यसलाई जवर्जस्ती , राष्ट्रवादको नारा बनाउदै छौ, यदि तिम्रो राष्ट्रवाद यहि हो भने, फुलको वास्ना निस्तेज पार्नु हो भने, स्वार्थहिन मालिहरुको श्रम तुहाउनु हो भने, ती म