Posts

Showing posts from January, 2017

प्रेरणा आमाको

Image
जिन्दगीका उदाशिन रातहरुमा, रङ्गहिन जिवनका तस्वीरहरुमा , रंगिन सपनाहरुको कल्पनामा, जब तिम्रो सम्झ्ना आउँछ हे आमा, ओसिएका नयनहरु, थाकेका हातहरु, ओइलाएका सिर्जनाहरु, यसरी जाग्छन नि आमा मानौ म, चर्चित कलाकार हु र यो क्यान्भास, जहाँ म जिन्दगीका रंगिन चित्रहरु, खुशीका पलहरु , कल्पनाका सिर्जनाहरु क्षण भरमा उतार्न सक्छु, क्यानभास रङ्याउन सक्छु, अनि हटाउन सक्छु अनन्तताका अन्योलहरु, निम्तिएका दुखहरु, थपिएका बाधाहरु, सिर्जिएका दुविधाहरु, हतारले निम्त्याएको डर छ आमा, सपना छिट्टै पुरागर्ने रहर छ आमा, र त बेला बखतमा गल्ती गर्छु, समस्या अनगिन्ती थुपार्छु, अनि तिम्रा उपदेश मनन गर्छु, आफैलाइ तयार बनाउछु, उचित उपाय निकाल्छु अनि अटुट श्रम गर्छु, र छिट्टै तिम्रो सपनाको महल ठडाउनेछु, कल्पनालाई विपना बनाउनेछु, सुखको साध/सिमाना बढाउनेछु तिम्रै सपनाको तारा बनी उदाउनेछु

जिन्दगी

चौतारी हरुमा थकान मारेर हिमाली चिसो स्वास फेरेर लेक लागेर, ठेस लागेर, जब पुगिन्छ जिन्दगीको वेसक्यामपमा, तब वाचिन्छ । चैत वैशाखको असिना खेपेर जब मानिस रुपि बोटको सुन्तलाले  मिठास ल्याउछ तब वाचिन्छ जिन्दगी वाचिन्छ। हलो जोतेर बाझो फोरेर, आलु ,फापर रोपेर, जब जिन्दगी रुपि सुर्क्यानमा फल्छ फापर, तब हराभरा संसार लाग्छ अनि हो जिन्दगी वाचिन्छ। जब, साना गल्तिको बहाना छाडेर, लोकहितको भावना राखेर, तब अगि बडिन्छ अडिग बनेर अनि वाचिन्छ जिन्दगी वाचिन्छ हरेस नखाएर, भल तर्काएर , पहिरो पन्छाएर, काडा हटाएर, जीवनरुपि गन्तव्यको बाटो पहिल्याइन्छ, तब आफ्नै पैतालाको विश्वास हुन्छ , टाकुराको उचाइ आफै होचिन्छ आत्मविश्वास दह्रो हुन्छ , समस्या आफै सुल्झिन्छ। अनि जिन्दगी वाचिन्छ, आफ्नै जिन्दगी वाचिन्छ।। --शिव गैरे    राजधानी पौष २२ ,२०७३