Posts

Showing posts from September, 2019

प्रश्न

Image
यी प्रश्न सहज तिमिलाइ, सोधेर पो मै हेरुँ कि? असहज उत्तर त्यो मनको सहर्ष स्विकार गरुँ कि? राग बिहिन संगित मै डुब्न् विवस छ् जीवन यहाँ,  भाकाहरुमा सुरको समिकरण मै पो भरु कि ?  यहाँँ मुटुहरु अचेल चट्टान बनेरै शोभित छन , ति पाषण हृदयमा, कुसुम वोट एक मै पो सारु कि ? आफ्नै मारेर एक्लै जित्ने यो दानवपुञ्जमा , बुद्धु नै सही, स्वयं मानव बनेर मै पो हेरुँ कि ?