नाम नै नभएको नगर

सुन्नुस् न,

एउटा यस्तो नगर 

जस्का परिचय सबै लघुतावाची,

साघुरा गल्ली, थोरै घाम,

थोरै मात्र उज्याला कोठा, 

जहाँ घाम र जुन दुवै केही पलका पाहुना मात्र,

पानी जहिले हाहाकार,

गुचुप्पका भट्टी,

साना मानव झुण्ड,

अक्कल झुक्कल खोला जसरी बग्ने धोवी खोला,

अस्पताल, विद्यालय, मधुशाला, व्यायामशाला,

सबै साना गल्लिका समदुरिमा,   

यस्तो नगर यहाँ सबै लघु,

नाम नै सुन्नुस् न,

सानो जसरी क्या!

नाम नै नभएको नगर,

के नगर ?

- "अनामनगर"
 

Comments

Popular posts from this blog

मोक्ष!

भागम भाग