वेप्रवाह वर्षाद !!


वर्षाद
बर्सियो झोपडपट्टीहरुमा,
महलमा, वनमा अनी ति शहरहरुमा,
जस्तै बलेथ्यो क्रान्तिको ज्वाला दुरदराजका गाउँ-वस्तिहरुमा!!
बोकेर आशाका लालिहरु दुर क्षितिजका  उषाहरुमा !!

वर्षाद,
बग्यो आफै बगायो कैयौँ वासहरु वेप्रवाह ,
योद्धा  का  युग  परिवर्तनका आश जस्तै धाराप्रवाह !!
पहाडको कुनो बाट उर्लियो खहरे अनी मिसियो नदी मा,
एक लडाकु  जसरी  मिसिन्छ मोर्चामा, युद्धहरुमा,
छाती मा टेकेर टाउको मा हान्ने
कमान्डर  कम्रेडको युद्ध निती जस्तै!
नदी  बग्यो  भु-क्षय  गराउदै
छापामार  हिड्यो  बैरीका किल्ला  ध्वस्त  बनाउदै   !!
नदी लाग्यो सागरमा समेटिन,
योद्धा  जाग्यो  परिवर्तन  को  सपना  पुरा  गर्न
सहयोद्धा कम्रेड को रगत को  मुल्य चुकाउन  !!
नदी ले त  समुन्द्र को गन्तब्य तय गर्‍यो,
के  योद्धा ले युग परिवर्तनको सपना पुरा गर्‍यो?
बिज्ञान भन्छ समुन्द्र बादल बनेर बर्सिन्छ,
के  विज्ञान  यहाँ  नि  सत्य  छ ??
के  साच्चै  क्रान्ति  फर्किन्छ  ??
 बर्षा जस्तै, के  भुलेको जमिन पुन: सिंचिन्छ ??
वर्ष वर्षमा  वर्षाद  वेप्रवाह  वर्षिरहदा ,
वैरी बिरूद्ध बम बर्षाउनेहरु , बसिरहेछन बादल बनी वर्सिन!!

Comments

Popular posts from this blog

मोक्ष!

भागम भाग

नाम नै नभएको नगर