लाल फुल

फुलेको छ त्यो फुल अझै नि
जस्ले परिवर्तन प्रादुर्भाव गर्यो
नया बिहानी ल्यायो,
नयाँ उर्जा थप्यो,
धेरै माली लोभ्यायो,
सुगन्ध फैलायो,
अनि तिम्रो मन रमायो,
फुल हुर्काउदै गर्दा,
कुटो/कोदालो चलाउदै गर्दा
फुलको सुगन्ध वचाउदै गर्दा,
भमराहरु बाट जोगाउदै गर्दा,
विचरा माली हरु
घर बाट टाढिदै गर्दा,
रगतपसिना बगाउदै गर्दा,
आफ्ना हरु गुमाउँदै गर्दा
घाइते भए,
सहिद भए,
र आखिरिमा त्यो लाल फुल फुलाए
परिवर्तनको लहर ल्याए
साथि
सोही फुलको वास्नाले,
धेरैको मन रमाउदै छ,
बगैचा समृद्धि तर्फ उन्मुख हुदै छ
र त
केही सिमित 'तिमी' हरुको होस उडाउदै छ,
'तिमी'हरुको गरिखाने मेसो हराउदै छ,
स्वार्थी ढोंगी हरुको निद्रा हराउदै छ।।
अरे दुष्टहरु हो!
आफ्नो होस,
गरिखाने मेसो र निद्रा जोगाउन,
किन त्यहीँ वास्नाको साथ लिएर फुल माथी जाइलाग्दै छौ??
किन सुगन्ध रोक्न खोजेर आफ्नै जिउको दुर्गन्ध फैलाउदै छौ??
अझ तिमी त यसलाई जवर्जस्ती , राष्ट्रवादको नारा बनाउदै छौ,
यदि तिम्रो राष्ट्रवाद यहि हो भने,
फुलको वास्ना निस्तेज पार्नु हो भने,
स्वार्थहिन मालिहरुको श्रम तुहाउनु हो भने,
ती मालिको गौरव ध्वस्तपार्नु हो भने,
बगैचा अस्तव्यस्त बनाउनु हो भने,
आफ्नै हरुको अस्मिता लुटाउनु हो भने
तिम्रो राष्ट्रवाद,
कस्तो राष्ट्रवाद??
सात सालदेखी पन्चायतकाल सम्म
छ्यालिस सालदेखी ५२ साल सम्म
खै के गर्यो तिमी??
कहाँ थियो तिम्रो राष्ट्रवाद ??
१० वर्ष अनवरत मालीहरुले फुल हुर्काउदा
खै कहाँ थियो तिम्रो राष्ट्रवाद??
फुल हुर्केर फुल्ने बेला,
फुलेर सुगन्ध छर्ने बेला,
उपस्थिति जनायौ,
हाजिरी गर्यौ,
गौरवशाली परिवर्तनमय सुगन्धको हिस्सेदार बन्यौ,
मालिहरुको त्याग तपस्या विर्सने बन्यौ
बढो राष्ट्रवादी बन्यौ
त्यसैले म भन्छु
तिम्रो राष्ट्रवाद:
स्वार्थी राष्ट्रवाद,
अवसरवादी राष्ट्रवाद,
ढोगिं राष्ट्रवाद,
प्रचारमुखी राष्ट्रवाद।।
ऊग्रवाद!!

शिव गैरे
राजधानी  , जनयुद्ध दिवस २०७३

Comments

Post a Comment

Popular posts from this blog

मोक्ष!

भागम भाग

नाम नै नभएको नगर