शब्दहरुमा के छैन?
आभास छ जिवित हुनुको,
समय भुलाउने साथहरुको,
दुई भित्रको एकरुपताको,
दिलको, मनको, प्रेमको!!
about me
Get link
Facebook
X
Pinterest
Email
Other Apps
-
Hey,guys its me shiva from Nepal. I am a student of science, wanna be an engineer and also want to do some research in PHYSICs related sector...thats all i want
तिम्रो मोक्षको परिभाषा कुपोषित छ , साघुरो छ, सरिरहने साध जस्तो अस्थिर छ , अनेकन भोकमरीहरुले ग्रसित छ , सिमित सोचले संकुचित गिदि जस्तो तिम्रो मोक्ष , प्राप्तिले लोभ्याएको लक्ष्य हो, तामसिक मगजको सात्विक सोच जस्तै , तिम्रो मोक्ष जुनको उज्यालोमा टर्च बाल्ने रहर हो। मेरो मोक्ष तामसिक छ , मेरो हाल जस्तै मेरो मोक्ष, म क्षय भएपश्चातको लक्ष्य
यहाँ बेतोडको भागम भाग छ मान्छे बाच्न बिर्सिएर अरु सब गर्दै छ, यहाँ बढो अजिब गरिबि छ सम्पति यिनिहरुसंग पैसा बाहेक शायदै अरु केही छ।। आर्यघाट यहिँ छ, शव वाहन हरु दिनहु हुइकिरहेछन। शव पोलेको धुवा, पैसाकै लागि हुइकिएको गाडिको धुवा, ककटेल बनेर आकाशमा फैलिरहेको छ।। वायुमण्डलसंगै हर क्षण मृत्यु नाचिरहेको छ। हातको घडी, "आज","भोलि" भन्दै कटेका दिन मृत्यु संगको दुरि घटाउदै छन। उस्को भागिरहेको जिन्दगी यी सब संग अनभिज्ञ छ? या माण्ठ हरक्षण मरेतुल्य जीवन बाचेको छ? शेष जीवन निमेषभरको छोटो पो हो कि, दौडिदा दौडिदै, भागम भागको अंश बन्दा सम्झनलायक केही बटुल्न भ्याइएन भने ??
यो विक्षिप्ततामा कहाँ खोजु म शिर्जनसिलता? रोजु कि खोजु म यहाँ , सहजशिलता या सहनशीलता ? सहज सहन असहज , म साच्चै मुहान जटिलताको। रोज्दा एक भोग्छु अनेक, समयको कस्तो विद्रुप उपहार यो? स्वयं एक्लो तर म साथी सबैको, जस्तै चन्द्रमा गगनको। उत्तर के निस्कर्ष कस्तो? दुई मनको क्षणभंगुर गन्थनको खै मन भित्रको भगवान त्यो, कहाँ छ श्रोत आत्मिक आनन्दको उत्तर भेटु कहाँ? , स्वयं मुहान म अनेकन प्रश्नहरुको।
This comment has been removed by a blog administrator.
ReplyDelete