Posts

Showing posts from 2017

लाल फुल

Image
फुलेको छ त्यो फुल अझै नि जस्ले परिवर्तन प्रादुर्भाव गर्यो नया बिहानी ल्यायो, नयाँ उर्जा थप्यो, धेरै माली लोभ्यायो, सुगन्ध फैलायो, अनि तिम्रो मन रमायो, फुल हुर्काउदै गर्दा, कुटो/कोदालो चलाउदै गर्दा फुलको सुगन्ध वचाउदै गर्दा, भमराहरु बाट जोगाउदै गर्दा, विचरा माली हरु घर बाट टाढिदै गर्दा, रगतपसिना बगाउदै गर्दा, आफ्ना हरु गुमाउँदै गर्दा घाइते भए, सहिद भए, र आखिरिमा त्यो लाल फुल फुलाए परिवर्तनको लहर ल्याए साथि सोही फुलको वास्नाले, धेरैको मन रमाउदै छ, बगैचा समृद्धि तर्फ उन्मुख हुदै छ र त केही सिमित 'तिमी' हरुको होस उडाउदै छ, 'तिमी'हरुको गरिखाने मेसो हराउदै छ, स्वार्थी ढोंगी हरुको निद्रा हराउदै छ।। अरे दुष्टहरु हो! आफ्नो होस, गरिखाने मेसो र निद्रा जोगाउन, किन त्यहीँ वास्नाको साथ लिएर फुल माथी जाइलाग्दै छौ?? किन सुगन्ध रोक्न खोजेर आफ्नै जिउको दुर्गन्ध फैलाउदै छौ?? अझ तिमी त यसलाई जवर्जस्ती , राष्ट्रवादको नारा बनाउदै छौ, यदि तिम्रो राष्ट्रवाद यहि हो भने, फुलको वास्ना निस्तेज पार्नु हो भने, स्वार्थहिन मालिहरुको श्रम तुहाउनु हो भने, ती म...

प्रेरणा आमाको

Image
जिन्दगीका उदाशिन रातहरुमा, रङ्गहिन जिवनका तस्वीरहरुमा , रंगिन सपनाहरुको कल्पनामा, जब तिम्रो सम्झ्ना आउँछ हे आमा, ओसिएका नयनहरु, थाकेका हातहरु, ओइलाएका सिर्जनाहरु, यसरी जाग्छन नि आमा मानौ म, चर्चित कलाकार हु र यो क्यान्भास, जहाँ म जिन्दगीका रंगिन चित्रहरु, खुशीका पलहरु , कल्पनाका सिर्जनाहरु क्षण भरमा उतार्न सक्छु, क्यानभास रङ्याउन सक्छु, अनि हटाउन सक्छु अनन्तताका अन्योलहरु, निम्तिएका दुखहरु, थपिएका बाधाहरु, सिर्जिएका दुविधाहरु, हतारले निम्त्याएको डर छ आमा, सपना छिट्टै पुरागर्ने रहर छ आमा, र त बेला बखतमा गल्ती गर्छु, समस्या अनगिन्ती थुपार्छु, अनि तिम्रा उपदेश मनन गर्छु, आफैलाइ तयार बनाउछु, उचित उपाय निकाल्छु अनि अटुट श्रम गर्छु, र छिट्टै तिम्रो सपनाको महल ठडाउनेछु, कल्पनालाई विपना बनाउनेछु, सुखको साध/सिमाना बढाउनेछु तिम्रै सपनाको तारा बनी उदाउनेछु

जिन्दगी

चौतारी हरुमा थकान मारेर हिमाली चिसो स्वास फेरेर लेक लागेर, ठेस लागेर, जब पुगिन्छ जिन्दगीको वेसक्यामपमा, तब वाचिन्छ । चैत वैशाखको असिना खेपेर जब मानिस रुपि बोटको सुन्त...